१५ चैत्र २०८२, आइतबार | March 29, 2026

राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा भएको निर्वाचनमा दाहालले ३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनको विपक्षमा १७ मत प्राप्त भयो । राष्ट्रियसभामा आज मतदानका लागि ५६ जना सांसद उपस्थिति थिए । राष्ट्रिय जनमोर्चाले कसैलाई पनि मतदान गरेन ।

५९ जना सांसदमध्ये ५६ जनाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मा पराजित भएका छन् । शर्माको प्रस्ताव पहिला निर्णायार्थ पेश गरिएको थियो । शर्माले मत प्राप्त गरेका थिए भने उनको विपक्षमा मत खसेको थियो ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् ।

नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।

सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : २६ बजे

साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा ५ हजारको उकालो

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य साताको पहिलो

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ