२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा भएको निर्वाचनमा दाहालले ३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनको विपक्षमा १७ मत प्राप्त भयो । राष्ट्रियसभामा आज मतदानका लागि ५६ जना सांसद उपस्थिति थिए । राष्ट्रिय जनमोर्चाले कसैलाई पनि मतदान गरेन ।

५९ जना सांसदमध्ये ५६ जनाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मा पराजित भएका छन् । शर्माको प्रस्ताव पहिला निर्णायार्थ पेश गरिएको थियो । शर्माले मत प्राप्त गरेका थिए भने उनको विपक्षमा मत खसेको थियो ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् ।

नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।

सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : २६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले