२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय, चुडामणी पौडेल सचिवमा बढुवा



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरि सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले बताइन्।

उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १ : ३५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको