२० मंसिर २०८२, शनिबार | December 7, 2025

बजेट अभावमा अस्पताल निर्माणमा विलम्ब



कैलाली । जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणको काममा विलम्ब भएको छ ।

बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताए ।

चालु आर्थिक वर्ष २०८०-८१ मा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको बताउँदै उहाँले बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि निकासा नभएको जानकारी दिए।

गत मङ्सिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र परेको हो । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्षका लागि थप गरिएको छ ।

निर्माण कम्पनीलाई पालिकाले रु एक करोड पेस्की दिएकोमा त्यसपछिको कामको भुक्तानी दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्पताल जगसहित जमिनमुनिको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउन बजेट नआएकाले ढिलो भएको छ । मोहन्याल गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ ।

प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार मोहन्याल गाउँपालिका–६, सोल्टामा अस्पताल निर्माणको काम अगाडि बढाइएको थियो । अस्पताल भवन निर्माणका लागि प्रशंसा जेभीसँग रु छ करोडमा ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : १६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल