२६ माघ २०८२, सोमबार | February 9, 2026

आजको मौसम : दुइ प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ४९ बजे

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको

रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै

रूपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको