२६ माघ २०८२, सोमबार | February 9, 2026

केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ । साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ ।

बैंकले ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ४३ बजे

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको

रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै

रूपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको