४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनको भाउले फेरि तोड्यो नयाँ रेकर्ड, यस्तो छ सोमबारको भाउ



काठमाडौं। सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज सोमबार फेरी नयाँ रेकर्ड राख्न सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको