८ पुस २०८२, मंगलबार | December 23, 2025

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार



कजाकस्तान । तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ ।

मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ । कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, “उद्धार कार्य जारी छ । छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ ।”

मन्त्रालयले रुसको सीमामा रहेको उत्तर र पूर्वका पाँच क्षेत्रमा स्थिति ‘जटिल’ रहेको भन्दै ५० बस्तीसँग सडक सम्पर्क विच्छेद भएको बताएको छ ।

कजाख राष्ट्रपति कासिम-जोमार्ट टोकायेभले बाढीका लागि तयार नभएकामा सोमबार सार्वजनिकरूपमा सरकारी अधिकारीहरूलाई गाली गरे । “विज्ञहरूको कमीका कारण पूर्वानुमानको काम पूर्णतः अनुपस्थित थियो”, उनले भने, “स्थानीय नेताहरूले योजनाबद्ध तरिकाले बाढी नियन्त्रणको उपाय गरेका भए मौसमको अवस्थालाई ध्यानमा राख्दा पनि विपद्को नतिजा र मापन कम हुनसक्थ्यो ।”

प्रधानमन्त्री ओल्जास बेक्टेनोभले मङ्गलबार बाढीबाट प्रभावितहरू पहिला कहिले पनि प्रभावित नभएको बताए । उनले प्रभावित क्षेत्र खाली गर्ने आह्वानको विरोध नगर्न नागरिकहरूसँग आग्रह गरे ।

आपत्कालीन मन्त्रालयले जारी गरेको भिडियो फुटेजमा मानिसहरूको उद्धार गरिनुका साथै बढ्दो पानीमा फसेका ऊँटहरूलाई रबरको डुङ्गामा लैजाँदै गरेको देखाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ०७ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर