२० मंसिर २०८२, शनिबार | December 6, 2025

होटललाई उद्योगको मान्यता दिलाउन पहल गर्छु : पर्यटनमन्त्री तामाङ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् ।

होटल सङ्घले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार पारेको पात्रो सार्वजनिक गर्दै उनले होटल क्षेत्रको विकास र विस्तारका लागि होटललाई उद्योगका रुपमा मान्यता दिलाउन लागि पर्ने विश्वास व्यक्त गरे ।

व्यवसायीले होटल क्षेत्रमा ठूलो लगानी भएकाले यो क्षेत्रलाई उद्योगको रुपमा कानुनी मान्यता दिलाउन माग गर्दै आएका छन् । पर्यटनमन्त्री तामाङले चाडपर्व तथा जात्रा लक्षित पात्रोको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै विदेशी पर्यटक आकर्षण गर्ने उपयुक्त माध्यम भएको बताए । उनले आतिथ्यता सम्बन्धी ‘क्लाउडवेस इ–लर्निङ’ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गरे । यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए ।

सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको चाडपर्व तथा जात्राबारे विदेशीले जानकारी लिने गरेकोले पात्रो प्रकाशित गरिएको बताए । उनले स्वदेशी तथा विदेशी प्रतिष्ठित टूरअपरेटरका साथै गैरआवासीय नेपाली सङ्गठन तथा विदेशस्थित नेपाली नियोगमार्फत् पनि वितरण गरी पर्यटन प्रवर्द्धन गरिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ०३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल