११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाजुराको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी



बाजुरा । बाजुरामा रहेको कारागारको भवन जीर्ण छ । भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् ।

अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरैडरले रात बिताउने गरेका छन् ।

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट कैद सजाय पाइरहेका कैदीबन्दीले जेलभित्र बस्ने पर्याप्त भवन नहुँदा थप सास्ती भोग्दै आएका हुन् । वर्षौँ पहिले बनेको तीनवटा भवन ढुङ्गाले छाएको, जीर्ण तथा झ्यालसमेत नहुँदा कष्टकर रात बिताउन सकस भएको छ ।

कैद भोगिरहेका उनीहरुले जेलभित्र पनि सहज रुपमा जीवनयापनको महसुस गरेका छैनन् । बस्नका लागि बास तथा शौचालयको अवस्था पनि निकै दयनीय छ । भवन अभावका कारण एउटा कोठामा २५ जना बढी कैदी उभिएरै रात कटाउने गरेका छन् ।

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा सकस भएको कारागार प्रमुख हंसबहादुर बोहराले बताए । उनका अनुसार २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले ७८ कैदी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेका उनको भनाइ छ ।

“जीर्ण भवन र पटकपटकको भूकम्पबाट चर्किएर चिराचिरा परेको छ, कैदीबन्दीहरु जोखिममा छन्”, कारागार प्रमुख बोहराले भने, “भवन निर्माणका लागि जग्गा पर्याप्त छ तर बजेट छैन । प्रदेश र सङ्घ सरकारसँग माग गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।” भवन निर्माणका लागि सात रोपनी जग्गा भए पनि आवश्यक बजेट नहुँदा जीर्ण भवनमा कैदीहरु राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।

कैदीलाई भवनको व्यवस्थापन गर्न नसके कारागारभित्र रहेको खाली ठाउँमा त्रिपाल हालेर राख्नुपर्ने बोहराले बताए । “अहिले कारागारको क्षमता २५ जना भए पनि तीनगुणा बढी बस्दैँ आएका छन्”, उनले भने, “अब खाली ठाउँमा त्रिपाल हालेर बासस्थानको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।”

कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् । स्थानीय तह, प्रदेश तथा सङ्घका जनप्रतिनिधिलाई निरिक्षणका क्रममा भवन तथा कैदीको समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : १७ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको