९ पुस २०८२, बुधबार | December 25, 2025

डा. बालकृष्ण चापाईगाईको अध्यक्षतामा स्याङजा पत्रकार समाज रुपन्देही गठन



बुटवल । स्याङजा जिल्लामा पुख्र्यौली घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पत्रकारहरुको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको छ । रुपन्देहीमा रहेर क्रियाशिल पत्रकारीता गर्दै आएका पत्रकारहरुको आज बुटवलमा भएको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको हो ।

भेलाले वरिष्ठ पत्रकार डा. बालकृष्ण चापाईगाईको अध्यक्षतामा उपाध्यक्ष दिनेश पाण्डे र डिल्लीनारायण पाण्डे महासचिवमा प्रकाश डुम्रे, सचिवमा दिनेश कुमार श्रेष्ठ र कमला पाण्डे कोषाध्यक्षमा खिमानन्द पाठक रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शिव डुम्रे, कल्पना तिवारी, ललित पाण्डे, कपिल अधिकारी, सुदिप भण्डारी सदस्य रहेका छन् । समाजले यहि चैत ३० गते तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिकामा बृहद बनभोज आयोजना सहित बृहत भेला गर्ने समेत निर्णय गरेको समाजका अध्यक्ष बालकृष्ण चापागाईले बताए ।

उनले चैत ३० गते स्याङजाबाट रुपन्देही आएर पत्रकारीता पेशामा सम्लग्न सबै पत्रकारहरुलाई उक्त वनभोज कार्यक्रम सहितको भेलामा सहभागी हुन आव्हान गरेका छन् ।

स्याङजा पत्रकार समाज रुपन्देहीले आगामी दिनमा स्याङजा जिल्लाको पर्यटकीय, धार्मीक सांस्कृतिक क्षेत्रहरुको प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग गर्ने तथा स्याङजा र रुपन्देही बिचको सम्बन्धलाई थप गतिशिल बनाई जोडने काममा भुमिका निर्वाह गर्ने चापागाईले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ५३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना