१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

डा. बालकृष्ण चापाईगाईको अध्यक्षतामा स्याङजा पत्रकार समाज रुपन्देही गठन



बुटवल । स्याङजा जिल्लामा पुख्र्यौली घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पत्रकारहरुको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको छ । रुपन्देहीमा रहेर क्रियाशिल पत्रकारीता गर्दै आएका पत्रकारहरुको आज बुटवलमा भएको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको हो ।

भेलाले वरिष्ठ पत्रकार डा. बालकृष्ण चापाईगाईको अध्यक्षतामा उपाध्यक्ष दिनेश पाण्डे र डिल्लीनारायण पाण्डे महासचिवमा प्रकाश डुम्रे, सचिवमा दिनेश कुमार श्रेष्ठ र कमला पाण्डे कोषाध्यक्षमा खिमानन्द पाठक रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शिव डुम्रे, कल्पना तिवारी, ललित पाण्डे, कपिल अधिकारी, सुदिप भण्डारी सदस्य रहेका छन् । समाजले यहि चैत ३० गते तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिकामा बृहद बनभोज आयोजना सहित बृहत भेला गर्ने समेत निर्णय गरेको समाजका अध्यक्ष बालकृष्ण चापागाईले बताए ।

उनले चैत ३० गते स्याङजाबाट रुपन्देही आएर पत्रकारीता पेशामा सम्लग्न सबै पत्रकारहरुलाई उक्त वनभोज कार्यक्रम सहितको भेलामा सहभागी हुन आव्हान गरेका छन् ।

स्याङजा पत्रकार समाज रुपन्देहीले आगामी दिनमा स्याङजा जिल्लाको पर्यटकीय, धार्मीक सांस्कृतिक क्षेत्रहरुको प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग गर्ने तथा स्याङजा र रुपन्देही बिचको सम्बन्धलाई थप गतिशिल बनाई जोडने काममा भुमिका निर्वाह गर्ने चापागाईले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ५३ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार