३ पुस २०८२, बिहिबार | December 18, 2025

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताएका छन् ।

नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाजवादीको संस्कृति निर्माणको पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्ने बताए ।

“नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको छ, देशको अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक संस्थानलगायतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ”, प्रधानमन्त्रीले भने।

सांस्कृतिक नीति, साधनस्रोत, पूर्वाधार, स्रष्टा र कलाकारको प्रोत्साहनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सांस्कृतिक संस्थानका चासोलाई सम्बोधन गरिने विश्वास दिलाए ।

प्रधानमन्त्री प्रचण्डले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले आफूलाई छुट्टै ऊर्जा र प्रेरणा दिएकोसमेत बताए । उनले भने, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै ऊर्जा र प्रेरणा प्रदान भएको छ । कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको ठानेको छु ।”

सो अवसरमा संस्थानका महाप्रबन्धक किरणबाबु पुनले लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकसङ्गीत, लोकवाद्य, लोकनृत्य, लोकनाटकको संरक्षण र प्रवर्द्धन गर्न क्रियाशील रहेको बताए। उनले ‘सांस्कृतिक संस्थानको हर्ष, मनाऔँ नेपाली नयाँ वर्ष’ भन्ने नाराका साथ प्रत्येक साताको शुक्रबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

“संस्कृतिलाई पर्यटनसँग जोडेर उत्पादनतर्फ अग्रसर गर्न विदेशी पर्यटक लक्षित सो कार्यक्रममा सात प्रदेशमा लोपोन्मुख अवस्थामा रहेका लोकगीत, नृत्य, धुन, नाटक तथा सबै जातजातिको जन्मदेखि मृत्यु पर्यन्तसम्मका लोक संस्कृतिलाई प्रदर्शन गरिनेछ”, उनले भने ।

कार्यक्रममा कलाकारहरूले राष्ट्रिय गीत, भुओ, घोडचढी, धिमे र भूमेनाच तथा कौरा र भोजपुरी नृत्य एवं लोक नाटक र प्रसहन प्रस्तुत गरेका थिए । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ८ : ०९ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र