२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिनाउको नुवाकोटमा उजिरसिंह थापाको सालिक अनावरण



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज एक कार्यक्रमकाबीच सालिकको अनावरण गरे ।

सालिक निर्माणका लागि तिनाउ गाउँपालिका बाट ४ लाख ९० हजार, बुटवल उपमहानगर पालिकाबाट ३ लाख ९० हजार र शाईन रेशुङ्गा डेभलपमेन्ट बैकबाट ५ लाख तथा श्री गरूणदल गण बुटवलबाट मानव श्रोत साधन सहयोग भै सालिक निर्माण भएको हो ।

नेपाली सेनाले अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्लासंग सम्बन्धित नुवाकोटमा पनि कर्णेल उजिर सिंह थापाको स्मृति ताजा राख्ने उद्देश्यले पूर्णकदको सालिक बनाइएको हो । सोमबार सालिक अनावरण कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलको जितगढी र पाल्पाको नुवाकोटलाई जोडेर सामरिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डये, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ,गरुड दल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ४३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय