१ पुस २०८२, मंगलबार | December 17, 2025

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन र नियमावलीमा अध्यादेश मार्फत गरेको संसोधनको स्वागत गरेको छ ।

एक विज्ञप्ति जारीगर्दै महासंघले लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्द्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत भएको संसोधनको महासंघले स्वागत गरेको हो ।

महासंघले कुल गार्हस्थ्य उत्पादनको ०।२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गरेको छ ।

महासंघले भनेको छ:

यही बैसाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुनमा संसोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदवन्दी लगायतका बिषयलाई सम्बोधन गरेको छ ।

महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा महासंघले खुशी व्यक्त गरेको छ । यस अघि परिभाषाको अभावमा स्टार्टअपलाई सुविधा दिन सकिएको थिएन । महासंघले नै नियमावली मार्फत परिभाषा खोजेपनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक छ ।

प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एक नारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो ।

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघको विश्वास छ । यसैगरी संसोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थानविन्दु भएको महासंघले विश्वास लिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १ : ५२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष