२४ माघ २०८२, शनिबार | February 7, 2026

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने



काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।

इलाम-२ मा  इलाम नगरपालिका वार्ड नं। ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ । त्यसपछि रातिनै मत गणना शुरु हुने छ ।

त्यसति बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।

यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ०५ बजे

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई