४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी



इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् ।

नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुन् । २०४६ सालमा काठमाडौंमा उनको जन्म भएको हो । उनले कानुन विषय अध्ययन गरेका छन् ।

सुहाङलाई उपनिर्वाचनमा एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम-२ मा उमेदवार बनाएको थियो ।

यसअघि २०७९ मा भएको निर्वाचनमा कांग्रेसका खड्का सुहाङका बुवा सुवासचन्द्र नेम्वाङसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए ।

गत शनिबार भएको उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उमेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : १२ बजे

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो