२४ माघ २०८२, शनिबार | February 7, 2026

इलाम उपनिर्वाचन : फाकफोकथुम-१,२, ३ र ४ को मतगणना सकियो, कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता



इलाम । इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका-१, २, ३ र ४को मतगणना सकिएको छ ।

मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार एक सय ९७ मत प्राप्त गरेका छन ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले पाँच सय ९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । अहिलेसम्म पाँचहजार सातसय ७८ मत मणना भैसकेको उनले बताए ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ४८ बजे

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु