२४ माघ २०८२, शनिबार | February 7, 2026

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो ।

विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ । उनले भने, “वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको छ ।”

पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए ।

घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ५९ बजे

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ