२० माघ २०८२, मंगलबार | February 3, 2026

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ



बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल सम्म पुगेको छ । सोमबार यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई पक्राउ गरिएसँगै नक्कली सवारी चालक अनुमति पत्र प्रकरणको जालो बुटवल सम्म पुगेको खुलासा भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोही प्रकरणमा आज यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत पाण्डेलाई पक्राउ गरेको छ ।

नक्कली सवारी अनुमति पत्र प्रकरणमा पक्राउ पर्ने पर्ने पाण्डे तेस्रो आरोपी हुन् । उनीसँगै सीआईबीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

गत शुक्रबार मात्र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ परेका थिए ।

शुक्रबार पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइ सकेको छ भने सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स बनाएर बिक्रि गर्ने गरेको भेटिएपछि अनुसन्धान थालिएको सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए ।

उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको उनले बताए । ट्राफिक कारवाहीमा बरामद केही लाइसेन्सको नम्बर मेल खाएपनि त्यस्तो संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गर्दा विगत ८ वर्षको अवधिमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ३९ बजे

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड