६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ



बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल सम्म पुगेको छ । सोमबार यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई पक्राउ गरिएसँगै नक्कली सवारी चालक अनुमति पत्र प्रकरणको जालो बुटवल सम्म पुगेको खुलासा भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोही प्रकरणमा आज यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत पाण्डेलाई पक्राउ गरेको छ ।

नक्कली सवारी अनुमति पत्र प्रकरणमा पक्राउ पर्ने पर्ने पाण्डे तेस्रो आरोपी हुन् । उनीसँगै सीआईबीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

गत शुक्रबार मात्र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ परेका थिए ।

शुक्रबार पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइ सकेको छ भने सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स बनाएर बिक्रि गर्ने गरेको भेटिएपछि अनुसन्धान थालिएको सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए ।

उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको उनले बताए । ट्राफिक कारवाहीमा बरामद केही लाइसेन्सको नम्बर मेल खाएपनि त्यस्तो संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गर्दा विगत ८ वर्षको अवधिमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ३९ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा