२४ माघ २०८२, शनिबार | February 7, 2026

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने



नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा नहुने बताएका छन् । बाँकेको नौबस्ता स्थित क्षेत्रीय कारागार भवनको उदघाटन गर्दै राम्रो आचरण हुने कैदी बन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए ।

उनले जस्को कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरुको पुनस्र्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार सम्बेदनशील रहेको बताए । कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरुमा सरकारले व्यवस्था गर्ने बताए ।

उनले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नु पर्ने उल्लेख गरे । नागरिकको समस्या समाधान गर्न मन्त्रालायले यस अघि नै मातहतका निकायमा निर्देशन दिइसकेको उनले जानकारी दिए ।

उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामीला मन्त्री दिनेश पन्थी लगायत बोलेका थिए ।

केही बर्ष अघि आधुनिक भवन सहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउनसकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।

नेपालगन्जमा कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्ज स्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि संचालन गरिने तयारी कारागार ब्यवस्थापन बिभागको रहेको छ ।

९ बिघाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ११ : ४४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै