२० असार २०८३, शनिबार | July 4, 2026

गृहमन्त्री लामिछानेविरुद्धको मुद्धामा दुई न्यायाधीशको राय बाझियो



काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । दुई न्यायाधीशबीच मतान्तर भएपछि यो मुद्दाको छिनोफानो हुन सकेन । अब यो मुद्दा पूर्ण इजलासमा जाने भएको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो मुद्दामा अधिवक्ता भट्टराई र सहकारीपीडितका तर्फबाट मंगलबार जवाफी वहस भएको थियो। आज केही अधिवक्ताले जवाफी बहस गरेका थिए ।

के कारणले राय बाझिएको हो भन्नेबारे सर्वोच्च अदालतले संक्षिप्त आदेश सार्वजनिक गरिसकेको छैन ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानविन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ५४ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता