२४ माघ २०८२, शनिबार | February 7, 2026

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद



काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणना गर्न विभिन्न बैंकबाट धेरै नोट गणना गर्ने मेसिनहरू ल्याएर गणना गरिएको बताइएको छ ।

संजीव कुमार लाल झारखण्ड प्रशासनिक सेवाको पहिलो ब्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवर दास सरकारमा मन्त्री सीपी सिंह र अर्जुन मुन्डा सरकारमा मन्त्री विमला प्रधानको सचिव पनि थिए ।

ईडीका अधिकारीहरूले सोमबार बिहान सञ्जीव कुमार लालको सरकारी निवास र उनका सहायक जहाँगीर आलमको निजी निवासमा छापा मारेका थिए । यसबाहेक एक कम्पनीमा सञ्चालक रहेका व्यापारी मुन्ना सिंह, उनकी श्रीमतीसहित ग्रामीण विकास विभागका इन्जिनियर कुलदीप मिञ्ज र विकास कुमारको घरमा छापा मारिएको थियो ।

यस अवधिमा जहाँगिर आलमको घरबाट सबैभन्दा बढी नगद बरामद भएको छ । उनीबाट ३१ करोड २० करोड भारु रुपैयाँ बरामद भएको छ । यस छापामारीमा केही सरकारी कागजपत्र समेत बरामद भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ०६ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस