५ पुस २०८२, शनिबार | December 20, 2025

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद



काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणना गर्न विभिन्न बैंकबाट धेरै नोट गणना गर्ने मेसिनहरू ल्याएर गणना गरिएको बताइएको छ ।

संजीव कुमार लाल झारखण्ड प्रशासनिक सेवाको पहिलो ब्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवर दास सरकारमा मन्त्री सीपी सिंह र अर्जुन मुन्डा सरकारमा मन्त्री विमला प्रधानको सचिव पनि थिए ।

ईडीका अधिकारीहरूले सोमबार बिहान सञ्जीव कुमार लालको सरकारी निवास र उनका सहायक जहाँगीर आलमको निजी निवासमा छापा मारेका थिए । यसबाहेक एक कम्पनीमा सञ्चालक रहेका व्यापारी मुन्ना सिंह, उनकी श्रीमतीसहित ग्रामीण विकास विभागका इन्जिनियर कुलदीप मिञ्ज र विकास कुमारको घरमा छापा मारिएको थियो ।

यस अवधिमा जहाँगिर आलमको घरबाट सबैभन्दा बढी नगद बरामद भएको छ । उनीबाट ३१ करोड २० करोड भारु रुपैयाँ बरामद भएको छ । यस छापामारीमा केही सरकारी कागजपत्र समेत बरामद भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ०६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य