३० भदौ २०८३, मंगलबार | September 15, 2026

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन



काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी विमान दुर्घटनाग्रस्त भएको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् । सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।

हिन्दुस्तान टाइम्स लगायतका भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको निजी विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त विमानमा उपमुख्यमन्त्री पवारसहित उनका व्यक्तिगत सहायक, सुरक्षाकर्मी तथा विमान चालक दलका सदस्य सवार थिए ।

केही सञ्चारमाध्यमले दुर्घटनामा सवार सबैको मृत्यु भएको दाबी गरेका छन् । तर, घटनाबारे भारत सरकार वा महाराष्ट्र राज्य सरकारका आधिकारिक निकायबाट हालसम्म औपचारिक पुष्टि भने आएको छैन ।

दुर्घटनाको कारणबारे प्रारम्भिक रूपमा अवतरणका क्रममा मौसम वा प्राविधिक समस्याका कारण रनवेबाट विमान चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा उद्धार तथा अनुसन्धान टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस विषयमा थप आधिकारिक विवरण आउन बाँकी रहेको र पुष्टि नहुँदासम्म सबै विवरणलाई सावधानीपूर्वक लिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १० : ३५ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको