१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु



संयुक्त राष्ट्रसङ्घ । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् ।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप-हाइटेनमा पहिरोमा परी १३ जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ ।

पोर्ट-ओ-प्रिन्सको राजधानीमा घातक गिरोह हिंसाबाट भागेका धेरै मानिसले देशको उत्तरतर्फ सुरक्षा माग गरेका छन् । यसमा मुलुकको उत्तरी तटसँगै क्याप-हाइटियन क्षेत्र पनि सामेल छ । स्थानीय अधिकारीहरूले मुसलधारे वर्षाले घर तथा व्यवसायमा समेत क्षति पुगेको बताएका छन् ।

आगामी दिनमा राजधानी लगायत अन्य भागमा थप वर्षा र बाढी आउने अपेक्षा गरिएको ओसिएचएले जानकारी गराएको छ । यी भागमा जारी हिंसाबाट विस्थापित मानिसले भारी वर्षाअघि सरसफाइ चुनौतीको सामना गरिरहेका थिए । शुक्रबारदेखि भारी वर्षा सुरु भएको छ ।

ओसीएचएले राजधानीमा भएको हिंसासँग सम्बन्धित विज्ञप्तिमा हाइटीका अन्तरिम मानवीय संयोजक ब्रुनो मेसले सोलिनो छिमेक र पोर्ट-ओ-प्रिन्सको वरपरका क्षेत्रहरूमा बारम्बार आक्रमणको गहिरो मानवीय प्रभावको कडा निन्दा गरेको बताएका छन । उक्त आक्रमणका कारण मानिसहरू आफ्नो घरबाट भागेका छन् ।

“सोलिनोमा पानी, खाना र इन्धनसम्मको पहुँचमा वञ्चित भएका महिला, बालबालिका र पुरुषसहित नागरिक जनसङ्ख्याको घेराबन्दी आधारभूत मानवीय मान्यताको स्पष्ट उल्लङ्घन हो”, ब्रुनो मेसले भने, “बासिन्दाहरू आफ्नो घरमा बिना कुनै डर पूरै सुरक्षाका साथ बस्न सकुन् र मानवतावादी कलाकारहरूले प्रभावित मानिसहरूलाई सहयोग गर्न सकुन् भनेर म यी कार्यका अपराधीहरूलाई हिंसा बन्द गर्न आग्रह गर्दछु ।”

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : १९ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा