१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोहलपुरमा लागु औषध कारोबारे पक्राउ गर्न गोली प्रहार, घाइते एकजना सहित २ जना पक्राउ



कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारेलाई पक्राउ गर्न गोली चलाएको छ । लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र बाँके प्रहरीको टोली कोहलपुरको चप्परगौडी पुगे लगतै कारोबारेहरु भागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइते अवस्थामा रहेका लागु औषध कारोबारे सुशील परियार र अर्का कारोबारे शरणबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ । घाइते परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएका प्रहरी निरक्षिक रुपेस बिस्ट र प्रहरी सहायक निरीक्षक बाल कृष्ण सन्जेल सहितको टोलिले गोली हानेर कोहलपुरको चप्पलगौंडीबाट घाइते परियार र कार्कीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । परियार सहितको टोलि भाग्न खोजेपछि गोली चलाउनु परेको उनले बताए ।

परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ११ : ३० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित