१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश



विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् ।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लागि दाबी गरेका हुन् । कार्कीलाई ५२ जना सांसदहरूले समर्थन जनाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौं आइपुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १२ : ११ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित