२३ माघ २०८२, शुक्रबार | February 6, 2026

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया



चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया पहिलोपटक गरिएको डा श्रेष्ठले बताए । उनले भने, “९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलोपटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।” सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिन्छ ।

डा श्रेष्ठ वरिष्ठ क्यान्सर सर्जन हुन् । उनले २०५० सालदेखि शल्यक्रिया गर्दै आएका छन् । यसअघि ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उनको अनुभव छ । डा श्रेष्ठको नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो । उपचारमा डा सुरेश गौतम, डा इन्द्रनारायण श्रेष्ठ, डा रवीन्द्र केसी, डा सागर भुसाल, डा सुधीर रेग्मी, डा मणिप्रसाद गौतम, डा किशोर गौतम र नर्सहरु निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेललगायतको संलग्नता रहेको थियो ।

अहिले वृद्धाको अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताए । “जोखिम लिएर शल्यक्रिया गरेका थियौँ, बेहोस बनाउने चिकित्सकहरु पनि डर मानिरहनुभएको थियो, हामीलाई उहाँहरुले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो, त्यसमा हामी सफल भयौँ,” उनले भने, “शल्यक्रिया गरेको पाँच मिनेटमै होसमा आउनुभयो ।”

तमिसराको स्तनमा गिर्खा देखिएपछि उपचारका लागि अस्पताल आएकी थिइन् । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा श्रेष्ठले बताए । वृद्धाको स्तनमा दुई दशमलब पाँच सेन्टिमिटरको गिर्खा थियो ।

“अहिले सिटिस्क्यानको रिपोर्टअनुसार उहाँ क्यान्सरमुक्त हुनुहुन्छ, इमियुनो हिस्टो केमेष्ट्री (आइएचसी) परीक्षणका लागि नमूना भारत पठाएका छौँ”, उनले भने । डा श्रेष्ठले ९७ वर्षको उमेर समूहमा भएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : २७ बजे

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।