१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सार्कको महत्वमाथि इस्लामावादमा छलफल, द्विपक्षीय तनाव कम गर्न सहभागीहरुको जोड



इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कसम्बन्धी महत्वपूर्ण गोलमेच सम्मेलनको आयोजना गरिएको छ ।

इन्स्टिच्यूट अफ स्टाटेजिक सेन्टरअन्तर्गतको द इन्डिया स्टडी सेन्टर (आईएसएसआई)को आयोजनामा ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगको सम्भावना र चुनौती’ नामक गोलमेच सम्मेलन आयोजना गरिएको हो ।

सार्कका महासचिव गुलाम सरवारको उपस्थितिमा आयोजित उक्त सम्मेलनका सहभागीहरुले सार्कको महत्वकोबारेमा मन्तव्य राखेका थिए । उनीहरुले जनतामा केन्द्रित सार्कले खाद्य असुरक्षा, बढ्दो जनसङ्ख्या, प्राकृतिक प्रकोप र कमजोर अन्तर–क्षेत्रीय व्यापार र कनेक्टिभिटी जस्ता सदस्य राष्ट्रहरूले सामना गरिरहेका असंख्य साझा चुनौतीहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको उनीहरुले बताएका थिए ।

सहभागीहरूले सार्कका निर्णयहरूको कार्यान्वयनमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । आर्थिक सहयोग र व्यापार सुदृढीकरण; र क्षेत्रीय एकीकरण बलियो बनाउन उनीहरुले आग्रह गरेका थिए । सहभागीहरूले सार्कले हालसम्म गरेको प्रगतिका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । उनीहरुले सार्कलाई क्षेत्रीय सहयोगको लागि एक व्यवहारिक प्लेटफर्म बनाउनको लागि पुनरुत्थान गर्ने उपायहरूबारे सुझाव दिएका थिए ।

क्षेत्रीय सहयोगका लागि अनुकूल वातावरण सिर्जना गर्ने माध्यमका रूपमा लामो समयदेखि चल्दै आएका विवादहरू समाधान गर्न र द्विपक्षीय तनाव कम गर्नुपर्ने आवश्यकतामा सहभागीहरूले जोड दिएका थिए । दुई शक्तिशाली छिमेकी देश भारत र पाकिस्तानबीचको दुईपक्षीय तनावका कारण झण्डै एक दशकदेखि सार्कको गतिविधि ओझेलमा परेको छ ।

कार्यक्रममा कूटनीतिज्ञहरू, शिक्षाविद्हरू, अनुसन्धानकर्ताहरु, थिंक–ट्याङ्कहरू र विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरू उपस्थित थिए ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १० : ४६ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण