२३ माघ २०८२, शुक्रबार | February 6, 2026

४८ घण्टा देखि विद्युत अवरुद्ध हुँदा बाँकेका अधिकांस स्थानमा सास्ती खेप्दै स्थानीय



नेपालगन्ज । हावाहुरी र असिना सहितको वर्षाका कारण ७ गते अपरान्हदेखि अवरुद्ध नेपालगन्जको विद्युत, अवरुद्ध भएको ४८ घण्टा पुग्दा पनि पूर्णरुपमा सुचारु हुन सकेको छैन । नेपालगन्जका अधिकाँस स्थान सहित त्यस आसपासको ग्रामीण क्षेत्रमा यो समाचार तयार पार्दा सम्म पनि विद्युत अवरुद्ध छ ।

विद्युत अवरुद्ध हुंदा नेपालगन्जमा खानेपानी बन्द भएको छ । विद्युत र खानेपानी नहुंदा नेपालगन्जको जनजीवन प्रभावित बनेको छ । अस्पताल, सरकारी कार्यालय, अक्सिजन प्लान्ट जस्ता अत्यावश्यक स्थानहरुमा लामो समय विद्युत अवरुद्ध हुँदा बिरामी तथा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

हावाहुरी र वर्षाका कारण सोमबार बेलुका साढे ५ बजेदेखि नेपालगन्जसहित बाँके जिल्लाभर विद्युत सेवा बन्द भएको थियो । नेपालगन्जका अधिकांस क्षेत्रमा प्राधिकरणले सेवा सुचारु गरेपनि बोर्डर, परस्पुर, राप्तीपारी लगायतका केही फिडरमा बुधबार मध्यान्ह सम्म विद्युत सुचारु हुन सकेको छैन।

हावाहुरीले सय बढी विद्युतको पोल ढलेको, ४ वटा ट्रन्सफर्मर खसेको र सयौं स्थानमा तार चुँडेको विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । मैनापोखरा फिडरबाट आएको खजुरा क्षेत्रमा धेरै काम बाँकी रहेको, परस्पुर फिडरको सैनीक एरिया तथा राप्ती सोनारी सहित नेपालगन्जका केही स्थानहरुमा सुचारुको प्रयास भइरहेको उनले बताए । आज साँझ सम्ममा पूर्णरुपमा रिचार्ज हुने आँकलन गरिएको पनि उनले जानकारी दिए ।

करिव ७० देखि ८० लाख बराबरको क्षति पुगेको प्रारम्भीक अनुमान गरिएको बताउँदै उनले ट्रान्सफर्मरको प्राबिधिक परिक्षण पछिमात्र थाहा हुने बताए । तारलाई पुनः प्रयोग गर्न सकिएपनि भांचिएका पोल र ट्रान्सफर्मरका कारण क्षति बढी देखिएको उनको भनाई छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ३६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद