१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बेइजिङमा बुद्धजयन्ती मनाइयो



काठमाडौं । दुई हजार पाँच सय ६८ औँ बुद्धजयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्धजयन्ती मनाइएको छ ।

बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न संस्थाका चिनियाँ नागरिक, नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सय २० जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा चीन बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु चाङ झाङले चीन र नेपालबीचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । विश्व समुदायका साथै चीन र नेपालको शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेको उक्त दूतावासले जनाएको छ ।

त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका शाश्वत शिक्षाले सम्पूर्ण मानवजातिलाई उदारता, करुणा, नैतिकताका साथै अर्थपूर्ण जीवन बिताउन प्रेरित गर्ने बताए । विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना बुद्धका उपदेश प्रेरक छन् भन्दै उनले पञ्चशीलको सिद्धान्तमा निहित दुई देशबीचको लामो समयदेखिको सम्बन्ध बौद्ध आध्यात्मिकताको प्रतीकका रूपमा रहेको बताए ।

यसैबीच, ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएसन अफ क्यानडासँगको सहकार्यमा शनिबार बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ ।

सोसाइटीले आज जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष विशेष बौद्ध बज्रयान-महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो सांस्कृतिक नृत्य प्रस्तुति, दीप प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरिने छ । कार्यक्रममा क्यानडा र अमेरिकामा रहेका ह्योल्मो समुदाय तथा अन्य नेपालीका साथै विशिष्ट क्यानडेली अतिथिसहित एक हजार जना सहभागी हुने अपेक्षा छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : ३४ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय