२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मोटरसाइल दुर्घटनामा रुपन्देहीका एक युवकको मृत्यु



कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ५४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले