५ पुस २०८२, शनिबार | December 20, 2025

बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !



काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने घोषणा गरेका छन् ।

बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महाराजगन्जसम्म रिङरोडको सडक निर्माण अलपत्र पारेको भन्दै सढक निर्माण नथालेसम्म हरेक दिन एक ट्रक फोहर पठाउने घोषणा गरेका हुन् ।

उनले महानगरले अनाहकमा गाली खाएको उल्लेख गरेका छन् । महानगर प्रमुख शाहले मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहारकारुपमा पठाउने जनाउँदै सञ्जालमा आज सडक बिभाग अगाडी एक ट्रक धुलो राखिदिएको भिडियो समेत पोष्ट गरेका छन् ।

उनले विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको उल्लेख गर्दै काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात रहेको जनाएका छन् । सोही सडकका कारण महानगरवासीले धुलोधुँवा खानु परेको र बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ तथा पुग्न अबेला भोग्नु परेको बताएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ६ : ४५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य