८ पुस २०८२, मंगलबार | December 24, 2025

रेमाल चक्रवात बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो, भारी वर्षाको चेतावनी



काठमाडौं। चक्रवाती आँधी रेमाल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो । रेमालको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ ।

बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो ।

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिएको छ । हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् ।

यो आँधी बंगलादेश र पश्चिम बंगाल हुँदै गइरहेको छ । यही कारणले आइतबार दिउँसोदेखि अर्को २१ घण्टा पश्चिम बंगालका एयरपोर्टहरूमा उडानहरू रद्द गरिएको छ। रेमालको प्रभाव बिहारमा पनि देख्न सकिन्छ ।

भारतको मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी पनि दिएको छ। रेमालको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहन सक्छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १० : ३७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना