५ पुस २०८२, शनिबार | December 20, 2025

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज



काठमाडौं । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।

यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार सातौं चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् ।

५४२ लोकसभा सीटहरूको छैटौं चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ । जुन १ मा अन्तिम ५७ सिटमा मतदान हुनेछ ।

अहिलेसम्म गुजरातको सूरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ ।

यस चरणमा वाराणसी सबैभन्दा भिआइपी सिट हो । प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन् । यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए ।  मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहेका छन् तर पछिल्ला तीन चुनावमा उनी ठूलो मतान्तरले पराजित भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ७ : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य