६ पुस २०८२, आइतबार | December 21, 2025

तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी



ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन् ।

“मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न सहयोग पुग्दछ । विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा समेत योगदान पु¥याउँदछ । मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिका बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवं श्रोताका लागि थप सटिक र सान्दर्भिक समाचार उपलब्ध गराउन सक्दछन् । मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रववद्र्धन गर्ने काममा योगदान गर्न सक्दछ”, उनले भनिन् ।

उनले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान, गौरव र सार्मथ्य भएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचीत नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।”

मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायतका देशका पत्रकारको सहभागिता रहेको छ । ‘भर्चुअल’ माध्यमबाट विभिन्न देशका सहभागीले भाग लिएको सम्मेलन ललितपुरमा जारीे छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : १९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको