१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

गर्मी याममा विद्युतकै सास्ती



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन ।

विद्युत्लाइन विस्तार नभएपछि जोखिमयुक्तरुपमा छ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत् पुर्याएका छन् । “सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ”, भरत सार्कीले भने, “तार ल्याउन धेरै परिवारसँग खर्च नहुँदा केही परिवारले छिमेकीको घरबाट महसुलमा आधा रकम तिर्नेगरी विद्युत् जोडेका छन् ।” गर्मी याममा विद्युतीय उपकरण बढी प्रयोग हुने भएकाले यसरी जोडिएको विद्युत् सर्ट भएर आगलागी हुने सम्भावना बढेको उनले बताए ।

लाइन विस्तार नहुँदा जोखमयुक्त तरिकाले विद्युत् उपभोग गर्नुपरेको सरस्वती सार्कीले बताउनुभयो । “अरु समुदायका घरसम्म विद्युत्लाइन पु¥याइएको छ”, उनले भने, “सार्की समुदायको बस्तीमा मात्रै लाइन विस्तार गरिएको छैन । हिउँदमा विद्युत् खपत कम हुने भएकाले समस्या नभए पनि गर्मी याममा सास्ती हुने गरेको छ ।” पाँच वर्षदेखि विद्युत्लाइन विस्तारका लागि नगरपालिका कार्यालयमा अनुरोध गर्दा पनि सुनवाइ नभएको उनको भनाइ छ ।

“विद्युत्लाइन विस्तारका लागि चालु आवमा बस्तीका सबैको हस्ताक्षर गरेर नगरपालिकामा निवेदन बुझाएका छौँ”, नगरपालिका कार्यपालिकाका सदस्य गणेश विकले भने, “कार्यपालिका सदस्यकै कुरा पनि सुनिँदैन, वडा कार्यालयसँग विद्युत्लाइन विस्तारका लागि बजेट छैन, नगरपालिकाले वर्षौँदेखि अश्वासन मात्रै दिने गरेको छ ।”

दश, पन्ध्र वटा खम्बा गाडेर बस्तीमा विद्युत्लाइन विस्तार गर्न सकिने भन्दै जनप्रतिनिधिले चासो नदिँदा समस्या भएको दलित अधिकारकर्मी अन्तराम बडले बताए ।

सर्भिस तार हुरीका कारण बीचबीचमा चुडिँदा बस्तीमा कहिलेकाहीँ लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुँदा गर्मीमा पसिना चुहाउँदै अनिदोमा रात काट्नुपर्ने अवस्था रहेको सेविका सार्कीले बताए ।

नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरी सार्की बस्तीमा विद्युत्लाइन विस्तार गर्न यथाशीघ्र पहल गरिने वडाध्यक्ष चक्रबहादुर खड्काले बताए । “प्राधिकरणसँग लाइन विस्तारका लागि छलफल गर्नेछौँ”, उनले भने, “नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गरी आगामी आवभित्र लाइन विस्तार गर्ने योजना बनाएका छौँ ।”

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : ३७ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर