२१ माघ २०८२, बुधबार | February 4, 2026

कर्णाली र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटघाट



सुर्खेत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शिष्टाचार भेटघाट भएको छ । आज (शनिबार) कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा दुई प्रदेश प्रमुखबीच शिष्टाचार भेटघाट भएको हो ।

दुबै प्रदेशका प्रदेश प्रमुखहरुले भेटघाटबाट दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न बल पुर्‍याउने बिश्वास व्यक्त गरेका छन् ।

भेटका अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको बताए । उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कर्णाली प्रदेश प्रमुख परियारले पनि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेको बताए ।

भेछघाटकन लागि सुर्खेत पुगेका शेरचनलाई शिष्टाचार भेटघाटका क्रममा कर्णाली प्रदेश प्रमुख परियारले आफुले लेखेको पुस्तक उपहार स्वरुप हस्तान्तरण गरे भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई लुम्बिनीको प्रतिककारुपमा रहेको मायाको चिनो हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ४२ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु