१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन



काठमाडौं । सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले आज समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।

“सङ्घीय संसद्को संस्थागत जानकारी एवं बिना अनुमति कतिपय गैरसरकारी संस्थाहरुले सङ्घीय संसद्अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समयसमयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ”, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

आइतबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ४० बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने आठ जनालाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही

कुनै दलसँग गठबन्धन गर्दैनौं : एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको