३० माघ २०८१, बुधबार | February 12, 2025

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकारी समितिर सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा सिंहदरबारमा बस्नेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय तथा समितिमा प्राप्त उजुरी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ । यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा महान्यायाधीवक्ताको कार्यालयको कामकारबाहीको सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ५२ बजे

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी