१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

राष्ट्रपति पौडेल स्वदेश फिर्ता



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कएका छन्। पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्कएका हुन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित थिए ।

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उनी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा थिए ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : ०२ बजे

रुपन्देहीमा ८ लाखभन्दा बढीका अवैध सामान बरामद, कुखुरा, केरा र मोबाइल डिस्प्ले नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले

बुटवल गार्डियन्स ०७९ द्वारा सुरज पाण्डेलाई समर्थन

बुटवल । सामाजिक कार्यमा सक्रिय बुटवल गार्डियन्स ०७९ ले सुरज

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : विश्वप्रकाश

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

काठमाडौं । पश्चिम एशियामा विकसित हुँदै गएको सुरक्षा अवस्था र

पश्चिम एशियामा तनाव बढ्दै, इजरायलस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई