११ भदौ २०८३, बिहिबार | August 27, 2026

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत



बुटवल । पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वि.सं. २०६४ सालमा नेकपा माओवादीको तर्फबाट समानुपातिक संविधानसभा सदस्य बनेका पहाडी शनिबार आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र पार्टी सचिव छबिलाल विश्वकर्माले पार्टीमा स्वागत गरे । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका पहाडी पत्रकारिता क्षेत्रमा पनि सक्रिय थिए । उनी नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष हुन् ।

पार्टी प्रवेशपछि उनले एमालेका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टीको नीति, नेतृत्व र विकासको दृष्टिकोणबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : ३४ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक