१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध



लमजुङ । पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।

हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ७ : ४४ बजे

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका

बुटवलको बजार क्षेत्रमा एमालेको उत्साहजनक प्रदर्शनसहित घरदैलो (फोटो फिचरसहित)

बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

बुटवल । पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश

रुपन्देहीमा ८ लाखभन्दा बढीका अवैध सामान बरामद, कुखुरा, केरा र मोबाइल डिस्प्ले नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले