२० माघ २०८२, मंगलबार | February 3, 2026

महिला हिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरुको माग



काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) की सांसद सुमित्रा विसीले अछाममा यही असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गरिन। दोषी पत्ता लगाई कारबाही गर्न उनले सरकारसँग माग गरिन् । सत्यतथ्य छानबिन गरी गृहमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्नेमा उनले जोड दिइन। सांसद विसीले बाजुरामा पनि १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य पारेको घट्नामा संलग्नलाई कारबाही गर्न माग गरिन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा राखिएको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने बताइन। गाउँमा सिटामोल, एम्जिट, जीवनजल जस्ता आधारभूत औषधिको समेत अभाव भएकामा सरकारको ध्यानाकर्षण गराइन। छाउपडीप्रथा हटाउन र छाउगोठ भत्काउन देशभरी अभियान चलाउनुपर्नेमा उनले जोड दिइन ।

सांसद बामदेव गौतमले भारतको अयोध्यामा रामको मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्रामको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : १२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको