१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

पर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुनाघर निर्माण



भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालेको छ । करिब रु चार करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको हो ।

अहिले रु ९८ लाख लागतमा यहाँ दुई पाहुनाघर, एक सम्पर्क केन्द्र र सभाहल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।

त्यससँगै यहाँ सहिद उद्यान र विश्रामस्थल निर्माण गरिने उनले बताए । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिररहेको प्रशासकीय अधिकृत पोखरेलले बताए । “पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ”, प्रशासकीय अधिकृत पोखरेलले भने, “अहिले यहाँ रु ९८ लाखमा बोलपत्र आह्वान गरेर पाहुनाघर भइरहेको काम अन्तिम चरणमा पुगेको छ ।”

यहाँ नागछागा, गोल्मेराजा गोल्मेरानी भिर, धार्मिक क्षेत्र गङ्गा खोलालगायत ऐतिहासिक क्षेत्र छन् । गाउँपालिकाले यहाँ सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न डाग्बुङ पदमार्ग निर्माण गरिरहेको छ ।

गाउँपालिका क्षेत्रका पर्यटकलाई लक्षित गरेर वैकुण्ठमा पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । डाग्बुङ पदमार्गसँगै यहाँका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए । पाहुनाघर तथा सहिद उद्यान निर्माणले यहाँ आउने पर्यटकलाई सहजता थप्ने उनी बताउँछन ।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । पर्यटनको योजनाबद्ध विकास गरेर आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने स्थानीय नवीन राईले बताए । पर्यटकको आवगमनलाई सुरक्षित र सहज बासका लागि पाहुनाघर र सहिद उद्यान निर्माणले स्थानीयमा उत्साह थपिएको उनले बताए ।

“गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा गरिरहेको कामले स्थानीयमा उत्साह बढेको छ”, उनले भने, “यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसको विकास गरेर दिगो आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना छ । गाउँपालिकाले गरिरहेको कामले हामीमा खुसी थपेको छ ।” सङ्घ सरकारको विषेश अनुदान र गाउँपालिकाको साझेदारीमा निर्माणको काम भइरहेको छ । विस्तृत परियोजा प्रतिवेदन (डिपिआर) अनुसारका थप संरचना निर्माणसँगै कामलाई निरन्तरता दिन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक करोड बजेट विनियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  २ : ३६ बजे

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१