४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो



बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो ।

शङ्कर बस्तीमा खसी, बाख्रा, कुकुरलगायतका घरपालुवा जनावर मारेपछि केजमा फसाएर चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिए । वयस्क भाले चितुवा व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । स्थानीयले गाउँमा चितुवाले जनावर मारेको सूचना दिएपछि क्यामरा ट्र्याप गरी अनुगमनका क्रममा चितुवा देखिएपछि नियन्त्रण गरिएको उनले बताए ।

केज राखेको दुई दिनमा चितुवा फसेको हो । स्थानीयले अर्को पनि जोडी चितुवा रहेको वन कार्यालयलाई सूचना दिएका छन् । त्यसलाई पनि अनुगमन गरी पुनः नियन्त्रणमा लिइने वन कार्यालयले जनाएको छ । वन्यजन्तु नियन्त्रणमा लिएपछि व्यवस्थापनमा चुनौती रहेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको