२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पहिरोको जोखिम भएपछि जाजरकोटको भेरी नगरपालिकाका ११ परिवारलाई अन्यत्र सारियो



सुर्खेत । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका-१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।

कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी-१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए । ती मध्ये छ परिवारलाई भेरी-१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्त कहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए ।

त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी-रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी-२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : २२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ