२१ भदौ २०८३, आइतबार | September 6, 2026

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा



काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणका लागि श्रमदान अभियान सुरु गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत आह्वान गर्दै उनले धरानबाट ५० जना श्रमदाताको टोली तयार गर्न आग्रह गरेका हुन् ।

पूर्व धरान उपमहानगरपालिका प्रमुख समेत रहेका साम्पाङले बोलेपछि काम गरेरै छाड्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जीवनलाई प्रतिज्ञा र परीक्षाको रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार दार्चुलामा तुइन विस्थापन गरी सुरक्षित आवागमन सुनिश्चित गर्न श्रमदानमार्फत झोलुंगे पुल निर्माण गर्ने योजना अघि सारिएको हो ।

साम्पाङले अभियानमा सहभागी हुने श्रमदाताका लागि बस सेवा निःशुल्क उपलब्ध गराइने जानकारी दिएका छन् । साथै खानाको व्यवस्था सहभागीहरूबीच बाँडेर गर्ने र श्रम तथा कठिनाइ सामूहिक रूपमा वहन गरिने उनले उल्लेख गरेका छन् ।

उनले सहभागीहरूलाई आफ्ना लुगा-कपडा आफैँ बोकेर आउन तथा आवश्यक औजारहरू साथमा ल्याउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ०९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा