१० पुस २०८२, बिहिबार | December 25, 2025

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरू र माओवादी नेता कार्यकर्ताहरुले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो ।

सीता दाहालको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

क।सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन । उनी २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको युद्धमा समेत सहभागी भएकी थिइन ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : ३५ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको