१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कामचलाउ बन्यो प्रचण्ड सरकार, अर्को सरकार नबन्दासम्म कार्यसंचालन गर्ने जिम्मेवारी



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्  ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संबिधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्‌ले कार्य सञ्चालन गर्ने गरी प्रचण्डलाई जिम्मेवारी तोकिएको छ । राष्ट्रपति कार्यालयबाट जारी पत्रमा नयाँ सरकार गठनको भने अहिलेसम्म आह्वान भएको छैन । राष्ट्रपति पौडेल नयाँ सरकार गठनबारे कानुनी परामर्शमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा