१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

मन्त्रीको नाम टुंगो लगाउन अन्तिम कसरतमा कांग्रेस



काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सपथको समय नजिकिँदै गर्दा दुबै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने अन्तिम कसरत भइरहेको छ । एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा टुंगो लगाएपनि कांग्रेसमा भने अझै अलमल कायम रहेको छ ।

अन्तिम अवस्थामा कुनै समस्या नआएमा सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेले पाएका आठ मन्त्रालयमा जाने सबै मन्त्रीहरुको नाम टुंगो लागेको एक एमाले नेताले बताए । एमालेबाट सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सूचीमा रहे पनि उनीहरुले पाउने मन्त्रालयका बारेमा अध्यक्ष ओलीले कुनै निर्णय गरिनसकेको बताइएको छ । भट्टराई र बिश्वकर्माको नाममा केही फेरबदल हुन सक्ने एमाले स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका नेताहरु पनि मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको नाम टुँगो लगाउन अन्तिम कसरतमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्ने लगभग तय भएको छ ।

सरकारको नेतृत्व गर्ने भनिएका सिंहको मन्त्रालय अझै तय हुन नसकेको् कांग्रेस स्रोतले जनायो । कांग्रेसबाट रमेश लेखकलाई गृहमन्त्री, आरजु देउवा राणालाई परराष्ट्रमन्त्री, अजय चौरसियालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मा लगाइने भएको छ ।

दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम मन्त्री हुने लिष्टमा भएपनि टुंगो लागि नसकेको स्रोतको दाबी छ ।

मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । सम्भवत उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिम्मा दिइने छ ।

साना दलहरुभने कांग्रेस र एमाले निर्णय कुरेर बसिरहेका छन् । ५ वटा मनत्रालय साना दलहरुका लागि भने रिजर्वमा राखिएपनि अहिले सम्म त्यस सम्बन्धमा प्रमुख दुई दल कांग्रेस र एमालेले कुनै दलका नेताहरुलाई सम्बादमा बोलाएका छैनन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ५४ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी